विराटनगर/सहारा नेपाल साकोस सेवा केन्द्रको आयोजनमा दुई दिने गाईपालन प्रविधि तालिम सम्पन्न भएको छ ।

मोरङको बाहुनीमा शुक्रबार दुई दिने गाइपालन तालिम सम्पन्न भएको हो ।

तालिममा क्षेत्रिय पशुसेवा कार्यालय विराटनगरका पशु प्राविधिक गणेश प्रसाद पौडेलले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

गाईको आहार, गोठ व्यावस्थापन, लाग्ने रोग, निराकरणका उपाय र सरकारले गाईपालनको क्षेत्रमा गरीरहेको कार्यक्रमको विषयमा प्रष्ट पारेका थिए । कार्यक्रममा कानेपोखरी, बेलवारी र रंगेलीका ३४ जना कृषहरुको सहभागिता रहेको थियो ।

तालिममा आउने कृतषकहरुलाई निःशुल्क घाँसको विउ समेत वितरण गरीएको थियो ।

कार्यक्रममा सेवा केन्द्रका प्रमुख डम्वर बहादुर प्रधानले संस्थाको वस्तु तथा सेवा लगायत थप सुविधाहरुमा जानकारी गराए ।

तालिम अधिकृत भरत पोखरेल वित्तिय साक्षरता र गाईको वजार सम्वन्धी जानकारी गराएका थिए ।

इलाका सेवा केन्द्र दमकका इलाका सहायक खड्ग पौडेल, सेवा केन्द्र बाहुनीका सुपरीक्षक ज्ञानेन्द्र श्रेष्ठ, कर्मचारी कुमारी खवास, कानेपोखरी १, होक्लावारी का अध्यक्ष दिपेश कार्की लगायत उपस्थिती रहेको थियो ।