पानवारी । धरान उपमहानरले पाँचकन्या डुम्रे शिखरवास खानेपानी तथा सरसफाई व्यवस्थापन समितिलाई खर्दु मुहानको पानी लान दिएको विषयमा धरान–१३ बासीहरुले खर्दु मुहानको निरीक्षण गरेका छन् । धरान–१३ को खर्दु जोरधारे मुहान खानेपानी सरोकार समितिले खर्दु मुहानको निरीक्षण गर्ने क्रममा तनावसमेत उत्पन्न भएको छ । त्यसक्रममा स्थानीयबासीहरुले पत्रकारहरुमाथि आक्रोस पोखेका थिए । पत्रकारहरुले जथाभावी लेखिदिएको भन्दै उनीहरु पत्रकारहरुमाथि दुव्र्यबहारको प्रयास गरेका थिए । खर्दु जोरधारे मुहान खानेपानी सरोकार समितिले षडयन्त्रमूलक ढंगले पाँचकन्या डुम्रे शिखरवास समितिलाई दिने प्रयास गरेको भन्दै आपत्ति जनाउदै आएको छ ।

उता पाँचकन्या डुम्रे शिखरबास खानेपानी तथा सरसफाइ व्यवस्थापन समितिले भने धरान–४ मा रहेका डुम्रे, शिखरबास, सारंगा क्षेत्रमा खानेपानीको समस्या रहेको भन्दै जोरधारे मुहानबाट खानेपानी ल्याउन लागेको हो । समितिका अध्यक्ष शेरबहादुर राईले भने–‘हामी बर्षाैदेखि खानेपानी नहुँदा समस्यामा छौं, हामीसँग जोरधारे मुहान भन्दा अर्काे विकल्प छैन ।’ त्यसैले हामी पनि धरान नगरबासी भएकोले स्थानीय सरकारले हामीलाई खानेपानीको व्यवस्था गरिदिनुपर्छ ।’ खर्दु जोरधारे मुहान खानेपानी सरोकार समितिको अगुवाइमा शनिबार जोरधारे मुहान तथा डुम्रे, शिखरबास, सारंगा क्षेत्रमा अहिले खानेपानीको स्थिति बारे निरिक्षणमा धरान–१३ र १४ का स्थानीय पुगेका थिए । अहिले धरान–४ का वासिन्दाकाे लागी जाेरधारे मुहानबाट पानी ल्याउनका लागी  ४६ सय मिटर पाइपलाइन खनेर सकिएकाे साथै मुहानमा इन्टेक बनाउनकाे लागी ढुंगा, गिट्टी, बालुवा पुर्याइसकिएकाे छ ।

मुहान निरिक्षण गरेर फर्कने क्रममा आफुहरुले ल्याउन लागेको खानेपानीमा अवरोध गरेको भन्दै स्थानीय बासिन्दाले निरिक्षणमा निस्केको टोलीमाथि आक्रोस पोखेका थिए ।