विराटनगर । मोरङ र सुनसरीमा शनिबार आगलागीबाट ९ लाख बराबरको क्षति भएको छ। मोरङको बुढिगंगा गउँपालिका-२ अमही बस्ने टिकाराम चौधरीको परालको कुनिउमा दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा पराल तथा नजिकै रहेको १ तले घरमा समेत आगलागी हुँदा घर भित्र भएको नगद १ लाख तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी ६ लाख बराबरको क्षति भएको छ।
आगलागी २ वटा दमकल तथा प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।
यस्तै रतुवामाई नगरपालिका-८ सुबेदीचोकमा खोले पकाउने क्रममा दिउँसो ४ बजेतिर आगलागी हूँदा टिनको छानो भएको २ तले घर तथा घर भित्र भएको नगद ४ हजार र सम्पूर्ण सामान समेत जल्दा २ लाख ५० हजार बराबरको क्षति भएको छ। आगलागी प्रहरी र स्थानियाबासीको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिजुवाले जानएको छ।
यता सुनसरीको बर्जु गाउँपालिका-१ बस्ने ओम प्रकास पासवानको घरमा दिउँसो ४ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले ४५ हजार बराबरको क्षति भएको छ। आगालगी प्रहरी चौकी रामगंज बेलगछीयाबाट खटिएको प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएइको छ।