विराटनगर/ विराटनगरको हाटखालस्थित आरोहण गुरुकुल नाटक घरमा विश्वेश्वरप्रसाद कोइरालाको कृतिमा आधारित नाटक ‘एक रात’ मञ्चन भएको छ। मोरङ जिल्लामा रहेका कलाकारको कल्याण कोष स्थापना गराउने उद्देश्यका एकदिने नाटक मञ्चन भएको हो।

विक्रम सम्वत ०३४ देखि रंगमञ्चमा प्रवेश गरेका विराटनगरका पुराना निर्देशक इन्द्र परियारले नाटकको निर्देशन गरेका छन्।

मोरङमा रहेका क्रियाशील कलाकारहरूको सुरक्षा, हक र अधिकारका लागि कल्याण कोष स्थापनाका लागि नाटक मञ्चन गरिएको जनाइएको छ।

कल्याण कोष स्थापनाका लागि आवश्यक स्रोत जुटाउनका लागि शनिबार एक दिन दुई सो नामक नाटक मञ्चन गरिएको जनाएका छन्।

नाटकबाट उठेको रकमले मोरङमा रहेका कलाकारको हकहितको लागि खडा गरिएको मोरङ कलाकार कल्याण कोषमा जम्मा भएको रकम मोरङका कलाकारको हकहितको लागि प्रयोजन गर्ने कोषका संयोजक निरज ब्ल्याकले बताएका छन्।

संयोजक ब्ल्याकका अनुसार अभिनय, नाटक, गायन र नृत्य क्षेत्रलाई समेट्ने गरी जिल्लाभरिका कलाकारहरूलाई गोलबद्ध बनाउनलाई कोष खडा गर्न लागिएको बताए। ‘एक रात’ नाटकमा लक्षमण पुण्य लामिछाने, इन्द्र परियार, निरज ब्ल्याक, संगीता यादव, विकास पराजुली, सवीन भट्टराई, मुकेश कर्ण, निकेरा नेपाल, अंकिता विश्वास, गीता कोइराला र रामभक्त कामतल गायतका गुरुकुलमा आबद्ध कलाकारको बेजोड अभिनय रहेको छ।