पाँचथर/ लोकप्रिय गायक राजेशपायल राईले शनिबार राती पाँचथरे दर्शकलाई नचाएका छन् । नवौं रुस्लान फाल्गुनन्द गोल्डकप सँगै आयोजित साँस्कृतिक कार्यक्रममा मनोरञ्जन दिन आएका राईले आधा दर्जन आफ्ना लोकप्रिय गीत पस्केर दर्शक उफारेका हुन् ।
रातको नौ बजे स्टेज उक्लेका गायक राई ‘मैंले मायाले दिएको चिनो ...’ बोलको गीतबाट प्रस्तुती सुरु गरेका थिए । उनले ‘तिम्ले बाटो फेर्यौ अरे ...’, ‘किन यति धेरै माया लाग्छ नि हौ ...’, ‘उकालीमा जाँदाजाँदै ...’, ‘राई इज किङ ...’ लगायतका गीत गाए । संगीतप्रेमी पाँचथरे दर्शकले सुरु देखि अन्त्य सम्मै राईलाई नाँचेर साथ दिएका थिए ।
बरदान संगीतालयले आयोजना गरेको कार्यक्रममा गायक रेवत राई, बीरेन्द्र श्रेष्ठ, सुरज मादेन, उदय नेम्बाङ, अभि सुब्बा लगायतले पनि गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै नायिका तथा कोरियोग्राफर बबिता फोम्बो, बरदान संगीतालय र फ्युजन एकेडेमिका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कला र कलाकारहरुको प्रबद्र्धन गर्ने उदेस्यले कार्यक्रमको आयोजना गरिएको बरदान संगीतालयका निर्देशक बुद्धराज लिम्बूले बताए ।