धरान/ब्लिङक इभेन्ट म्यानेजमेनटले धरानमा दास्रो यलम्बर साँझ गर्ने भएको छ । एचआइभी संक्रमित तथा प्रभावित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले पौष ३० गते साँझ हुने भएको अध्यक्ष अमित राईले बताए ।
गत बर्ष सम्पन्न साँझको रकम मध्ये ५५ हजार ५५५ रुपैया ब्लड क्याक्सर पीडित नइशा शाक्यलाई सहयोग गरेको अध्यक्ष राईले बताए । साँझमा धरानका स्थानीय कलाकारहरु जनगायक किशोर थुलुङ, डल्फिन आइडल, स्थानिय साँगीतिक ब्याण्ड, रोयल डाँस एकेडेमीको प्रस्तुति रहने छ । विशेष प्रस्तुति नव नायिका रोमा लिम्बुको रहने अध्यक्ष राईले बताए ।
सुनसरीमा ३३ जना एचआइँभी सक्रमित बालबालिहरु रहेको धरान पोजेटिभ सेन्टरका अध्यक्ष खगेन्द्र खड्काले बताए । उक्त रकम अक्षयकोषलाई प्रदान गर्दै संक्रमित बालबालिकाको शिक्षामा खर्च गरिने उनले बताए ।