पानवारी । पूर्वाञ्चल क्याम्पस धरानमा तीन दिने इन्जिनियरिङ एण्ड इन्डष्ट्रियल एक्स्पो हुने भएको छ । यही पौष २६ गतेदेखि धरान–८ स्थित पूर्वाञ्चल क्याम्पसमा हुने इन्जिनियरिङ एण्ड इन्डष्ट्रियल एक्स्पोमा विभिन्न इभेन्ट तथा स्टल रहने आयोजक नेपाल तराई विद्यार्थी नव जागरण संघ पूर्वाञ्चल क्याम्पसले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । संघका कोषाध्यक्ष तथा एक्स्पोका इभेन्ट मेनेजर रामशंकर मण्डलले दिएको जानकारी अनुसार एक्स्पोमा रोबोटिक कम्पिटिसन, पेपर ब्रिज कम्पिटिसन लगायत विभिन्न टेक्निकल कलेजका स्टलहरु रहने छन् । कम्पिटिसनमा भने पूर्व भरी रहरका टेक्निकल कलेज तथा स्कुलका विद्यार्थीहरु सहभागी हुने जानकारी आयोजकले दिएको छ । प्रदर्शनिमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न उपकरण समेत प्रदर्शनीमा रहनेछन् । जुन जीवनउपयोगी तथा विभिन्न किसिमका उद्योगधन्दामा प्रयोगमा ल्याउन सकिने, कृषि क्षेत्रमा उपयोग गर्न सकिने तथा विभिन्न प्रदर्शनिमा समेत प्रयोगमा ल्याउन सकिने गरीका उपकरणका साथै रोबोटहरु प्रदर्शनिमा रहनेछन् । कृषि इन्जिनियरिङका विद्यार्थी रविप्रसाद चौधरीले भने ‘हामिले विभन्न किसिमका पोटेटो प्लान्टर, राइस प्लान्टर कट्टर तयारी गरेको साथै एरोपोनिक र हाइड्रोपोनिक कृषि विधिको समेत विकास गरेको’ बताए । एरोपोनिक कृषि विधि भनेको माटो प्रयोग नगरी हावामा कृषि उत्पादन गर्ने विधि तथा हाइड्रोपोनिक भनेको माटो प्रयोग नगरी पानीमा मात्र कृषि उत्पादन गर्ने विधि भएको समेत चौधरीले बताएका थिए । तर यस्ता सामाग्रिहरुमा सम्बन्धित पक्षले नबुझेकोले व्यवहारमा जान नसकिएको बताएका थिए । एक्स्पोको उदेश्य भनेको विस्तारै विस्तारै बढ्दै गइरहेको प्रविधि विकासलाई सर्वसाधारणमा पु¥याउने तथा दिगो विकासको लागी इन्जिनियरिङको महत्व समेत दर्साउने भएको भन्दै आयोजकले यसको जानकारी धेरै भन्दा धेरैमा गराउन चाहेको बताएको थियो । विभिन्न विद्यामा उत्कृष्ट हुने स्कुल तथा विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिने आयोजकले बताएको छ । यसका अलवा एक्स्पोमा बेलुका स्थानीय तथा राष्ट्रिय कलाकार र ब्याण्डको धमाकेदार कन्सर्ट हुने र विभिन्न साँस्कृतिक कार्यक्रम समेत पस्कने आयोजकले बताएको छ ।