धरान । थाइल्याण्डको भ्रमणमा रहेका धरान र इटहरीका मेयरद्वय गृहजिल्ला फर्किएका छन३ । धरानका मेयर तारा सुब्बा र इटहरीका मयर द्वारिकलाल चौधरी मंगलबार सुनसरी आइपुगेका हुन् । युनिभर्सल पिस फेडेरेसन (युपिएफ) द्वारा थाइल्याण्डमा आयोजित दक्षिण एशियास्तरीय कार्यक्रममा भाग लिन मेयरद्वय सुब्बा र चौधरी थाइल्याण्ड गएका थिए । थाइल्याण्डमा आयोजित दक्षिण एशियाली लिडरसिप कन्फेरेसनमा सहभागी भएर गृहजिल्ला आइपुगेका मेयरद्वयले स्थानीय तहको विकासका लागि अन्तराष्ट्रिय क्षेत्रबाट फाइदा लिन सकिने बताए । ‘थाइल्याण्ड भ्रमणबाट स्थानिय तहको सन्तुलित विकास कसरी गर्न सकिन्न भन्ने विषयमा अध्ययन भएको छ ।’ मेयर तारा सुब्बाले भने, ‘हामीले अन्तराष्ट्रिय क्षेत्रले हासिल गरेको उपलब्धीलाई आत्मसात गरेर अघि बढनुपर्ने देखिन्छ ।’ सुशासन, सामाजिक एकता र सन्तुलित विकासले नै शान्ति र समृद्धि स्थापित हुने भन्दै मेयर सुब्बाले युपिएफले सुरु गरेको यो शान्ति अभियान समय सान्दर्भिक रहेको बताए ।