विजयपुर ।भरतपुर महानगरपालीका प्रमुख रेणु दाहाल सहितको टोलिले बिहिबार धरान उपमहानगरपालीकाका नगर प्रमुख तारा सुब्बा सहितको टोलिसँग भेटघाट गरेको छ । फोहोर ब्यबस्थापन सम्बन्धि अवोलोकन गर्न आएको टोलिले धरानको फोहोर ब्यबस्थापन,विकास निर्माणमा जनसहभागिता,राजश्व संकलन तथा परिचालन जस्ता विषयमा छलफल समेत भएको थियो ।भेटघाटमा बोल्दै भरपुर महानगरपालीका प्रमुख रेणु दाहालले धरानले गरेको विकास र लिएको निती भरतपुरकालागि अध्यन गर्ने केन्द्र भएको बताईन । विकास निर्माणका सम्बन्धमा हामीले धरानबाट धेरै कुराहरु सिक्नु छ उनले भनिन‘ भरतपुरमापनि धरानको मोडल प्रयोग गर्ने हाम्रो प्रयास छ । भ्रमण दललाई स्वागत गर्दै धरान उपमहानगरपालीकाका प्रमुख तारा सुब्बाले ‘अब स्थानिय सरकारले जनताको विश्वास जितेर काम गर्नु पर्ने बताए । धरान सम्म आएर अध्यन गर्नु भयो,यो हाम्रोलागि हौसलापनि हो ।