विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ टंकीसिनवारीमा रहेको राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लि. ले आर्थिक वर्ष २०७३÷०७४ मा ७९ लाख १७ हजार ८ सय ५४ रुपैयाँ आम्दानी गरेको छ ।

टंकीसिनवारीको जेसीज भवनमा बिहीबार भएको १७ औं वार्षिक साधरण सभामा सो बरावरको सहकारीले आम्दानी गरेको जानकारी गराएको हो ।

७ सय ४३ जना सेयर सदस्य रहेको उक्त सहकारीको शेयर पूजी ७७ लाख ७३ हजार १ सय पुगेको छ भने बचत निक्षेप ४ करोड ३७ लाख ७१ हजार ३ सय ६५ रहेको सहकारीको अध्यक्ष तारादेवी राईले जानकारी दिइन् । सहकारीकामा आवद्ध भएका सेयर सदस्यहरुले नियमित, मार्सिक, समूह, ऐच्छिक, विशेष, खुत्रुके तथा विशेष आबधिक बचत राख्ने गरेका छन् ।

‘क्षरिएर रहेको पूजीलाई एकिकृत गर्न सहकारीले अहम भूमिका निभार्ह गरेको छ,’ अध्यक्ष राईले भनिन्, ‘यस सहकारीले विभिन्न किसिमको बचत योजनाहरु ल्याएको छ । त्यही योजना अनुसारको बचतहरु अहिले सञ्चालन छ ।’

सोही अवसरमा सहकारीले एक दर्जन जेष्ठ बुवा तथा ससुराहरुलाई सम्मान गरेको छ । ७५ वर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई सहकारीले सम्मान गरेको हो । त्यस्तै ७ जना एकल महिला, ४ जना जेष्ठ महिला शेयर सदस्य तथा निजी तथा सामुदायिक विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सहकारीले सम्मान ग¥यो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, एमाले मोरङका अध्यक्ष विनोद ढकाल, युवा संघ नेपालको सचिब पर्शुराम बस्नेत, डिभिजन सहकारी विराटनगरका प्रमुख गोपी घिमिरेलगयाले सहकारीको सफलताको शुभकामना दिए ।