एकैदिन २६ बाख्रा मरे
इलाम , –इलामको माइजोगमाई गाउँपालिका –५, सोयाङ्गमा मंगलबार एकै पटक २६ बाख्रा मरेका छन् ।
नवदित बहुउद्देश्यीय कृषि तथा पशुपालन समूहका ६ वटा माउ बाख्रा, १३ वटा खसी र अन्य पाठापाठीसहित २६ वटा बाख्रा मरेको समूहका उपाध्यक्ष बुद्ध तामाङ्गले बताउनुभयो । उहाँका अनुसार दानापानी तथा घाँस दिँदा सबै राम्रै थिए । पछि हेर्न जाँदा खोरमा बाख्राहरु मरेको पाइएको तामाङले बताउनुभयो ।
पशु स्वास्थ्यकर्मी बेद चापागाईँले दानापानी तथा घाँसमा विषादी मिसिएर बाख्रा मरेको हुनसक्ने बताउनु भयो ।
मरेका बाख्राको चिरफार गरेर हेर्दा कलेजो ड्यामेज भएको, आन्द्रामा असर देखिएको बताइएको छ । पेट ढाडिने, कराउने लक्षण देखाउनसाथ बाख्रा मरेको जनाइएको छ ।
सात महिना अघिमात्र खोलेको बाख्रा फर्म पाँच लाख रुपैंयाँको लागतमा खोलिएको थियो । फर्ममा ३२ वटा बाख्रा थिए । २६ बाख्रा एकैसाथ मरेपछि समूह अनि फर्म सञ्चालक चिन्तित बनेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































