इटहरी । इटहरीमा विदेश निकासी गर्ने योजना सहित माउण्ट इ ब्राण्डका तयारी पोशाक उत्पादन गर्न थालिएको छ । तयारी पोशाक उत्पादन गर्ने नेपाली उद्योगहरु धमाधम बन्द भइरहेको अवस्थामा इटहरीका डम्वर तामाङले यस्तो उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगमा विभिन्न किसिमका तयारी पोशाकहरु उत्पादन कार्यलाई तीव्रता दिन थालेको उनले बताए । नेपाली उत्पादनहरुको प्रोत्साहनका साथै विदेश निकासा गर्ने गरी माउण्ट इ ब्राण्डका उत्पादनहरु गर्न थालिएको सञ्चालक तामागंले वताए । नेपाली उपभोक्ताहरुले विदेशी तयारी कपडामा निर्भर वन्नु परिरहेको तथा नेपालमा उत्पादन गरी विदेश निकासा गर्न योग्य आफनो उत्पादनहरु बजारमा आइसकेको उनले जानकारी दिए ।

माउण्ट इ ब्राण्डका महिला तथा पुरुषहरुले लगाउने विभिन्न खाले तयारी पोशाकहरु उत्पादन गर्दै आएका तामाङले इटहरीमा ओसियन पार्क समेत सञ्चालन गर्दै आएका छन् ।