तरहरा/ इटहरी २ मा रहेको वि.स.१९९६ मा इटहरीका इन्द्रबहादुर कार्कीले स्थापना गरेको राजदेवी मन्दिर ब्यावस्थापन समिति इटहरी २ लाई कार्की परिवारले करोडौको जग्गा दिएका छन ।

स्वर्गीय इन्दबहादुरका परिवारले करोडौ मुल्य पर्ने जग्गा मन्दिरको नाममा दिएका छन । बुधवार एक कार्यक्रमको विच इन्द्रबहादुरका पलाती दिपक कार्कीले एक कठ्ठा सवा सातधुर जग्गा दिएका छन ।  यस अघि इन्द्रका छोरानरबहादुरले मन्दिरलाई सहयोग गदै आएका थिए भने दिपकका वुवा केशरबहादुरले मन्दिरलाई ८ कठ्ठा जग्गा दिएका थिए । पुन केशवका छोरा दिपकले जग्गा दिदै मन्दिरलाई आवश्यक थप सहयोग गदै जाने वताए । उनले आफ्नो अग्रजहरुले बनाएको मन्दिरमा अझै आर्थिक सहयोग गदै जाने वताए । कार्की परिवारले स्थापना गरेको मन्दिर अहिले उदाहरणनिय बन्दै गएको मन्दिर ब्यावस्थापन समितिका सचिव गणेश निरौलाले वताए । उनले भने मन्दिरको अहिले करोडौ रुपैया मुल्य पर्ने जग्गा छ ।

अहिले मन्दिर आसपासका क्षेत्रमा दुई लाख रुपैयाँ प्रति थुर जग्गा पर्ने गर्छ । राजदेवि मन्दिरलाई ब्यावस्थापन गदै अझै ब्यावस्थीत बनाउँदै लौजाने मन्दिर ब्यावस्थापन समितिका अध्यक्ष बुद्धिनाथ खतिवडाले वताए । उनले भने राजदेवि मन्दिरमा कार्की परिवारले उल्लेखनीय योगदान गरेको वताए ।