धरान/श्रीजोङ विकास समाज हङकङले गत साउन महिनामा आएको बाढीबाट पिडित भएका मोरङको केराबारी गाउपालीका ४ मा रहेको खोलाघारीका स्थानियलाई बुधबार घर पुन निर्माणकालागि आर्थिक सहयोग गरेको छ ।
धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाको उपस्थितीमा उक्त सहयोग रकम पिडितहरुलाई उपलब्ध गराइएको हो । खोलाघारीका १४ घरका पिडितलाई प्रतिघर ७ हजार १ सय ४५का दरले सहयोग रकम प्रदान गरिएको हो । श्रीजोङ विकास समाज हङकङले पिडितहरुको घर निर्माणकालागि एकलाख रुपैयाँ रकम संकलन गरेको थियो ।
सहयोग रकम धरानका मेयर तारा सुब्बा श्रीजोङ विकास समाज तराई बेल्टका अध्यक्ष शेरबहादुर हुक्पाचोङवाङ लिम्बु तथा सचिब कमलकुमार लुङफुङवा लिम्बुले केरावारी गाउपालीका ४ का वडाध्यक्ष इन्द्र बहादुर राईको उपस्थितीमा पिडितहरुलाई रकम उपलब्ध गराइएको थियो । सहयोग हस्तान्तरण कार्यक्रमा बोल्दै श्रीजोङ विकास समाजका तराइ बेल्टका अध्यक्ष्य शेरबहादुर हुक्पाचोङवाङ लिम्बुले पिडितहरुलाई घर निर्माणमा सहयोग र हौसला मिलोस भन्ने उदेश्यले रकम संकलन गरिएको बताए ।
रकमको सहि सदुपयोग हुनेमा विश्वास ब्यक्त गर्दै उनले श्रीजोङ विकास समाजले अन्य सामाजिक कार्यहरुपनि गर्दै जाने बताए । समाजले खोलाघारी का गन्जासींग मगर,तिलक मगर,लोकेन्द्र मगर,पदम राई,अमर राई,लोकबहादुर धमला,विकास राई,जितेन,लक्ष्मी प्रसाद लक्ष्मी,लालबहादुर राई,धनबहादुर पुलामी,हरि राई,ढोकल राई र अभिशेक लिम्बुलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
सहयोग रकम पाएपछि पिडित गन्जसिंग मगरले श्रीजोङ विकास समाजको सहयोगले घर निर्माणमा सहयोग पुग्ने भन्दै धन्यबाद दिए । उनले आफ्ना छोराछोरीलाई घर बनाएर चाँडै राख्ने बताए ।