इटहरी/इटहरी उप महानगरपालीकाले नगर क्षेत्र भित्रका बिद्युतका पोलहरु यकिन गर्न बुधबारबाट पोल नम्बरिङ गर्न सुरु गरेको छ ।
इटहरीका बिभिन्न वडाहरुमा गाडिएका बिद्युतका पोलहरु कमसल र मापदण्ड विपरितका भएको गुनासो बढेपछि नगर कार्यपालीकाको बैठकलेनै पोल नम्बरिङ गर्ने र त्यस सम्बन्धमा अध्यनगर्न प्राबिधिक खटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार इटहरीका मेयर द्धारिकलाल चौधरीले बुधबार वडा नम्बर १ मा पोल नम्बरिङ गर्ने कार्यको उद्घाटन गरेका छन् ।
[caption id="attachment_69518" align="alignleft" width="578"]
पोल नम्बरिङको उद्घाटन गर्दै मेयर चौधरी[/caption]
मेयर चौधरी सँगै वडाध्यक्ष विष्णुलाल चौधरी सहितको टोलिले पोल नम्बरिङ सुरु गरेको हो । बुधबार दिनभरिमा करिब एक सय पोलमा नम्बरिङ गरिएको छ । हामीले इटहरीलाई ब्यबस्थित नगर बनाउने निती लिएका छौ सोही अनुसार कामहरु अगाडि बढेका छन मेयर चौधरीले भने ।नम्बरिङ गरिएका पोलहरु कमसल भेटिए दोशी उपर कारबाही गरिने चौधरीले बताए ।
सिएफएल प्रकरणमा अनियमितता भएको पाइएपछि उपमहानगरले आगामी दिनमा नगरबाट सञ्चालन हुने योजनाहरुमा अनियमितता हुन नदिने गरि कार्य थालेको बताइएको छ ।