पानवारी । मोरङ जिल्लाको कालिबक्स गण (ई) को हाताभित्र सञ्चालन भएको एनसिसिको क्याडेट तालिमको तेस्रो फेज तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार मोरङ जिल्ला स्थित कालापानीमा रहेको नेपाली सेनाको ब्यारेकमा सम्पन्न भएको दिक्षान्त समारोहमा ४४ ब्याचका जुनियर डिभिजन एनसिसि क्याडेट तालिमको तेस्रो फेजबाट पास आउट भएका पा“चसय २० जना विद्यार्थीहरुलाई पूर्वी पृतनापति उपरथी गौरब तण्डुलले दिक्षित गराएका हुन् । ‘अनुशासन नै राष्ट्रको मूल जग हो’ भन्ने नाराका साथ नेपाली सेनाको राष्ट्रिय सेवादलले ९० दिनसम्म विद्यालयमै विभिन्न विद्यामा तालिम गराएपछि २१ दिनसम्म ब्यारेक भित्र क्याम्पमा राखेर कवाज प्रर्दशन, खुकुरी ड्रिल, तेक्वान्दो पि.टी., एरोविक्स, मास पि.टि. तथा सामुहिक नृत्यको तालिम दिएर दिएको थियो । बुधबार भएको दिक्षान्त समारोहमा विद्यार्थीहरुले तालिममा सिकेको कवाज प्रदर्शन, तेक्वान्दो पिटी, मास पिटी, खुकुरी ड्रिल, एरोविक्स तथा सामुहिक नृत्यको प्रदर्शन समेत गरेका थिए । तालिममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । तालिममा सर्बोकृष्ट भएको गौरीशकंर मावि रामेछापलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै गरी तालिममा सर्बोकृष्ट भएका कालिन्चोक मावि दोलखाकी छात्रा जेनिशा सापकोटा र जनता मावि महोत्तरीका छात्र सुमित श्रेष्ठलाई पुरस्कार तथा प्रमाण(पत्रबाट पूर्वी पृतनापति उपरथी गौरब तण्डुलले पुरस्कृत गरेका थिए । कार्यक्रममा नं. २१ बाहिनी अड्डाका ब्ँँहिनीपति सहायक रथी श्री बालकृष्ण कार्की लगायत, विभिन्न युनिटका यनिटपतिहरु, अधिकृत, पदिक, अन्यदर्जा, पत्रकार, तालिम शिक्षक, विभिन्न विद्यालयहरुका शिक्षकहरु, अभिभावक लगायत सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।