पथरी/ मोरङको पथरीशनिश्चरे नपा –२ स्थीत प्रगति टोलमा उचित जैविक उद्योग प्रालिको प्रदेश नं. १ स्तरीय शाखाको भवन शिलान्यास भएको छ ।
शुक्रबार शाखाको नवनिर्मित भवनको पथरीशनिश्चरे नगरपालिका मेयर दिलिप(किशोर) राईले औपचारीकरुपमा शिलान्यास गरेको हो । उचित जैविक उद्योग प्रालि गोदावरी नपा–१२,ललितपुरले नगरपालिकाको वडा नं. २ को प्रगती चौकमा २ करोडको लागतमा १ बिगाह जग्गा खरिद गरेर उद्योग स्थापन गर्न लागेको उद्योगका संस्थापक कृष्ण महर्जनले बताए । उद्योगलाई पथरीशनिश्चरेमा स्थापीत भएको उत्साहि साना किसान सहकारी संस्थाको बिशेष पहलमा पथरीशनिश्चरे नगरमा प्रदेश नं. १ स्तरीय शाखाको रुपमा स्थापना गरेको उत्साहि साना किसान सहकारी संस्था पथरीशनिश्चरेका अध्यक्ष धनमाया गुरुङले बताइन् । यस उद्योगमा प्रदेश नं. १ मा रहेका विभिन्न कृषि सहकारीहरुको सहकार्यमा संचालन गरिने उद्योगका संस्थापक महर्जनले बताए ।
नेपालको माटोमा रसायनिकमल र रसायनिकविषादिको प्रयोगको कारण माटोमा हुनुपर्ने शुुष्म जीवाणुहरु नष्ट भईरहेको, वातावरण दुषितभईरहेको र मानवहरुमा घातक रोगहरु बढिरहेकाले यसलाई क्रमिकरुपले निराकरण गर्दै जान यो उद्योगबाट उत्पादित जैविक मलको सहयोगले गर्ने र अबको ५ बर्ष भित्र रसायनीक मल र बिषादित औषधिको प्रयोग निर्मुल गर्दै जाने उद्योग संस्थापकहरुले बताए । शिलान्यास कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पथरीशनिश्चरेका मेयर दिलिपकुमार राईले आफुले कल्पना नै नगरेको मानव,पशुपंक्षी तथा वातावरणलाई असर नगर्ने प्रांगारिक उत्पादन गर्ने जैविक मलको उद्योग स्थापनागर्न लागिएकोमा नगरपालिकाले गर्ने विधुत,बाटो लगाएतका सुविधा उपलब्ध गराउने बाचा सहित शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी बिशिष्ट अतिथि पूर्व सांसद चण्डी प्रसाद राई, वडा नं. –२ का वडाध्यक्ष यामप्रसाद गुरागाई, वडा नं. – ३ का वडाध्यक्ष डम्बर चेम्जोङ लगायत उपस्थीती रहेको थियो । कार्यक्रम उत्साहि साना किसान सहकारी संस्था अध्यक्ष धनमाया गुरुङको अध्यक्षतामा भएको थियो ।