विराटनगर । १ नम्बर प्रदेश सभा सदस्यमा निर्वाचित भएका जनप्रतिनिधिलाई शपथ ग्रहण विराटनगरको वीरेन्द्र सभागृह हलमा गर्ने भएपछि विराटनगर महानगरपालिकाले हतारमा भवन सजाएको छ ।

आइतवार विहान ११ बजे प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले प्रदेशका ९३ जना सदस्यहरुलाई सोही सभागृहमा सपथ गराउने कार्यक्रम तय भएपछि हतारमा भवन सजाएको हो ।

लामो समयदेखि मर्मतको पर्खाइमा रहेको सभागृह विराटनगर महानगरपालिका मातहतको संरचना हो । महानगरले भाडा लिएर सार्वजनिक प्रयोजनमा ल्याउदै आएको भवनको भित्री अवस्था नाजुक रहेको थियो । खुइलिएको रंगरोगनको अवस्थालाई तत्काल पर्दा लगाएर छोपिने छ भने पुराना कुर्सीहरु निकालिने छ । मैला कुर्सिहरुलाई बाहिरबाट खोल लगाएर सजाइको छ । अँध्यारो हल भएको हुँदा अस्थाई रुपमा हलभित्र लिड लाइटहरु धमाधम फिट गर्ने काम गरिएको छ । शौचालय, पानी, धारा, आदिको मर्मत कार्यपनि जारी रहेको छ । करिव ५ सय जनाको क्षमता उक्त सभागृहल रहेको बताइएको छ ।

समय अभावको कारणले गर्दा हतारमा काम गर्नुपरेको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए । कार्मचारीहरु परिचालन गरी दु्रत गतिमा काम गरेर सभाहृह चिटिक पारिएकोे प्रमुख पराजुलीले बताए । उनका अनुसार सभा गृह विस्तारी विस्तृत मर्मत सम्भार र पुर्ननिर्माण गर्ने बताए ।

प्रदेश सदस्यको शपथ ग्रहण मात्र सहभा गृहमा हुनेछ भने पहिलो बैठक जिल्ला समन्वय समिति मोरङको सभाहलमा सञ्चालन हुनेछ ।

यसैगरी प्रदेश प्रमुखको निवासको रुपमा प्रयोग गरिने सुनसरी मोरङ सिंचाई आयोजनाको गेष्ट हाउसको सरसफाई पनि थालिएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । काठमाण्डौबाट प्रदेश प्रमुख गोविन्द सुब्बा शनिवार विराटनगर आएका छन् ।