भद्रपुर । धारिलो हतियार खुकुरीले काटेर श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । झापाको अर्जुनधार नगरपालिका १ चक्रचोकका २३ वर्षिय गहत राज विकले आफ्नी १७ वर्षिय युनिता हाङ्ग लिम्बुलाई खुकुरीले काटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरायसी झगडामा बादविवाद हुदा शनिवार साँझ विकले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णु कुमार केसीले जनाए । हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय विर्तामोडले पक्राउ गरि आवश्यक अनुसन्धान अघि बढाएको एसपी केसीले जानकारी दिए ।