विराटनगर/ धनुषा सिंयाहीका सोखिलाल महतोको ६ ठाउँमा भाचिएर टुक्रिएको दायाँ खुट्टा विराटनगरमा रहेको म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. ले सफल शल्यक्रियापछि जोडिएको छ ।

सवारी दुर्घटनामा परी दाया खुट्टा ६ ठाउँमा भाचिएको महताको दुई पटक शल्यक्रिया गरेपछि अहिले जोडिएर ठिक भएको हस्पिटलले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । हस्पिटलका अर्थोपेडिक सर्जन डा. संजय कुमार साहसहितको टिमले महताको सफल शल्यक्रियापछि अहिले ठिक भएका छन् ।

‘हस्पिटलले २ महिना लगाएर उपचार गरेपछि ६ ठाउँमा भाखिएको खुट्टा अहिले ठिक भएको छ,’ हस्पिटलका अध्यक्ष शत्रुध्न यादवले भने, ‘दुर्घटना परी अरु हस्पिटलले काटनुर्पछ भनेको खुट्टा हाम्रो हस्पिटलले सफल उपचार भएको छ ।’ उनको दाया खुट्टामा २ वटा स्टिल लगाएको छ । अहिले बैशाखीको साहारमा हिडडुल गर्न सक्ने भएका छन् । दुई महिनाको उपचारपछि शनिबार डिस्चार्ज भएको हस्पिटलका जनाएको छ ।

हिस्चार्ज पाएर घर जाने तयारीमा रहेका मेहताले आफूले नयाँ जीवन पाएको बताए । ‘दुर्घटनाम परेपछि थुप्रै हस्पिटलमा पुगे,’ उनले भने, ‘खुट्टा काटनुपर्ने चिकित्सवहरुले सल्लाह दिए । म मानिन्, उलने भने, ‘म्याक्स हस्पिटल आइपुग्दा डा. सन्जय कुमार साहको टिमले राम्रो उपचार गरेर वैशाखीको साहारामा हिडनसक्ने भएको छु ।’

उनको उपचार ९ लाख ३४ हजारमा भएको थियो ।