काठमाडौं । नेकपा एमालेले गायिका कोमल वलीलार्इ राष्ट्रियसभामा पठाउने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५, ६ र का उम्मेदवारको टुंगो लगाएको हो ।
गायिका वलीलार्इ प्रदेश ५ को महिला सदस्यमा उम्मेदवार बनाउने निर्णय भएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
वली चुनावको केही अघि एमाले प्रवेश गरेकी थिइन् । राप्रपाबाट एमाले प्रवेश गरेकी उनले प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि वागी उम्मेदवारी समेत दिएकी थिइन् । तर, एमाले नेतृत्वले फिर्ता गराएका थिए ।
१, २, ३ र ४ नम्बर प्रदेशका उम्मेदवारहरू भने छनोट हुन बाँकी छ । वाम गठबन्धनले ४३ सिटको भागवण्डा गरेको छ, जसमा २९ एमालेको भागमा परेको छ । बाँकी उम्मेदवार भोलि चयन हुने एमालेले बताएको छ ।
प्रदेश नं ७ १. कमला ओली (महिला), कैलाली २. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर ३. शेरबहादुर कुँवर (खुला), अछाम ४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
प्रदेश नं ६
१. कविता बोगटी (महिला), हुम्ला २. नन्दा शर्मा ( महिला), सुर्खेत ३. नरपति लोहार (दलित), कालिकोट ४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट ५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी २. खिमलाल भट्टराई (खुला), रुपन्देही ३. मीना बुढा (महिला), रोल्पा ४. कोमल वली (महिला), दाङ