झापा । झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले सोमबार कन्काई नगरपालिका-२ सेल्फो डाँडा नजिकैबाट २५.८३ क्युवि फिट सालको चिरान काठ बरामद गरेको छ।

प्रहरीले विहान ७ बजेतिर बाटोको छेउमा परालले छोपिराखेको अवस्थामा उक्त काठ बराद गरेको हो। बरामद काठ सेक्टर वन कार्यालय सुरुङ्गामा बुझाईएको उक्त कार्यालयले जनाएको छ।