गएको शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘शेरबहादुर’ ले सन्तोषजनक कलेक्सन गरिरहेको निर्माण पक्षले दाबी गरेको छ । सुनिल थापा स्टारर ‘शेरबहादुर’ ले पहिलो दिन ४५ प्रतिशत अकुपेन्सी कायम गरेको छ । प्रिमियरमा समेत निकै रुचाईएको ‘शेरबहादुर’ मा सुनिल थापासंगै मेनुका प्रधान, कर्मा शाक्य, रविन्द्र झा स्टारर ‘शेरबहादुर’ थ्रिलर जनाराको चलचित्र हो ।
दर्शकबाट पनि मिश्रित प्रतिक्रिया पाईरहेको ‘शेरबहादुर’ मा अवकास प्राप्त आर्मीको कथालाई चित्रण गरिएको छ । आर राजवंशीको निर्देशनमा बनेको यस चलचित्रको कथा सुनिल थापाको वरिपरी घुमेको छ । ‘शेरबहादुर’ धिरज राजवंशीको लगानीमा निर्माण भएको चलचित्र हो । कस्तो रह्यो ‘शेरबहादुर’ को फस्ट डे कलेक्सन ?
गएको शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘शेरबहादुर’ ले सन्तोषजनक कलेक्सन गरिरहेको निर्माण पक्षले दाबी गरेको छ । सुनिल थापा स्टारर ‘शेरबहादुर’ ले पहिलो दिन ४५ प्रतिशत अकुपेन्सी कायम गरेको छ । प्रिमियरमा समेत निकै रुचाईएको ‘शेरबहादुर’ मा सुनिल थापासंगै मेनुका प्रधान, कर्मा शाक्य, रविन्द्र झा स्टारर ‘शेरबहादुर’ थ्रिलर जनाराको चलचित्र हो ।
दर्शकबाट पनि मिश्रित प्रतिक्रिया पाईरहेको ‘शेरबहादुर’ मा अवकास प्राप्त आर्मीको कथालाई चित्रण गरिएको छ । आर राजवंशीको निर्देशनमा बनेको यस चलचित्रको कथा सुनिल थापाको वरिपरी घुमेको छ । ‘शेरबहादुर’ धिरज राजवंशीको लगानीमा निर्माण भएको चलचित्र हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।