विराटनगर । प्रदेशसभा १ को बैठकमा बुधबार प्रदेश सरकारको आर्थिक कार्यविधी नियमित तथा व्यवस्थि तगर्ने सम्बन्धमा बनेको प्रदेश आथिृक कार्यविधी २०७४ विधेयक पेश भएको छ आथिृक मामिला तथा योजना मन्त्रि इन्द्रबहादुर आङवोले संसदमा पेस गरेका हुन । ११ परिच्छेद ६४ धारा रहेको विधेयकमाथि ज्ञानेश्वर राजबंशी, अम्विका थापा,लिलिबल्भव अधिकारी, शिवनारायण गन्गाई, बवोधिताकुमारी चौधरी, मोहन कुमार खड्कालगायतले टिप्पणी तथा सुझाव पेस गरेका थिए । बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले विधेयकमाथि संसोधन प्रस्ताव पेस गर्ने समय ७२ घण्टाको दिदै चैत १९ सम्मलाई बैठक स्थगित गरेको घोषणा गरेका थिए । उक्त मस्यौदा अध्ययनका लागि प्रदेश सभा सदस्यहरुलाई यस अघि नै उपलब्द गराइएको थियो । विधेयक आगामी १९ गतेको बैठकले पास गर्ने छ । यो विधेयक पास भए सगै प्रदेशमा सरकारले गनेृ आथिृक गतिविधी बैधानिक रुपमा संचालन गनेृ बाटो खुल्ने छ ।
विधेयकमा के छ ? नेपालको संसवधान २०७२को धारा ५९ र २१३ बमोजिम ल्याइएको विधेयकमा राजस्व संकलन, नियन्त्रण, कारोवारको व्यवस्था, वित्रिय जिम्मेवारी, जवाफदेहीता, सरकराी सम्पतिको स.रक्षण, कर असुली, लगायतको विषयहरु समेटिएका छन् । बैठकमा आर्थिक अनियमितता गनेृ कर्मचारी वा पदाधिकारीलाई नगद जरिमाना मात्र नभएर निलम्बनसहित बरखास्तै गनुृ पर्ने कानुन बनाउन संसदहरुले सुझाएका थिए । १९ गतेको बैठकले उक्त विधेयकलाई पारित गर्ने छ । संसदबाट पारित भए पछि लागु हुने संसद सचिवालयले जनाएको छ ।