विजयपुर । धरान नगर सरकारका प्रमुख तारा सुब्बाले अपाङगता भएका ब्यक्तिमाथि हुने सबै प्रकारका बिभेद अन्त्य गर्ने निती नगर सरकारले कार्यान्वयन गर्ने बताएका छन् । अपाङगता भएका हरुको शिप विकास गरि आत्मानिर्भर बनाउन र निती निर्माण तहमा समभागिता गराउन संबिधानले गरेको ब्यबस्था अनुसार अगाडी बढ्ने प्रमुख सुब्बाको भनाई छ । प्रदेश नम्बर १ का अपाङगहरुलाई ह्वील चियर वितरण गर्न आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सुब्बालेधरानलाई अपाङमैत्री बनाउने कार्यको सुरुवात भई सकेको जनाउदै अब अपाङगहरुलेसाङ्ग जस्तै जीवनयापन गर्न पाउने अवस्थाको सृजना गर्ने ध्येय रहेको बताए । सोही अवसरमा उनले ३६ जना अपाङगहरुलाई ह्वील चियर वितरण गरेका थियो । ह्वील चियर वितरण समारोहमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वाल रोग विशेषज्ञ डा अरुण कुमार सिह र हाडजोनी विभागका असिस्टेन्ट प्रोफेसर अमित लिम्वूलाई सम्मान गरिएको थियो । अपाङ्ग पुर्नस्थापना तथा असहाय सेवा केन्द्र धरान नेपालका सदस्य एवं शिक्षा प्रमुख रमेश गजमेरका अनुसार प्रदेश १ का ५० जना अपाङगलाई ह्वील चियर वितरण गर्ने लक्ष्य रहेको बताए ।अपाङ्ग पुर्नस्थापना तथा असहाय सेवा केन्द्र धरानको आयोजना तथा राष्ट्रिय अपाङ समाज काठमाण्डौको प्राविधिक सहयोग तथा धरान १८ र ८ नम्बर वडाले पनि सहयोग गरेका थिए । धरान १८ नम्बर वडाले ५ वडा ह्वील चियर उपलब्ध गराएको वडाध्यक्ष प्रबिन राईले जानकारी दिए । अपाङ पुर्नस्थापना तथा असाहय सेवा केन्द्र धरानका निर्देशक सुनिल खड्काले अपाङगता भएकाहरुको क्षमता बिकास गर्न थप कार्यक्रमहरु ल्याउने बताए ।