इनरूवा । जिल्ला समन्वय समिति सुनसरीका पदाधिकारीहरूले असन्तुष्ट व्यक्त गरेका छन्।
उनीहरूले काम नपाएको भन्दै असन्तुष्टि जनाएका हुन्। जिल्ला समन्वय समिति सुनसरीमा पत्रकार सम्मेलन गरी समन्वय समितिका पदाधिकारीहरूले आफूहरूलाई पिँजडाभित्रको सुगा सरह पेण्डुलम बनाइएको गुनासो गरे। ‘अधिकार छ्रैन, कसैले टेर्दैनन्, अनुगमन गर्नसमेत बजेट छैन्।
सेवा सुविधाको कुरा त परै जाओस्’, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारीले भने। उनले सरकार समक्ष स्पष्ट नीतिसहितको जिम्मेवारी र अधिकार प्रत्यायोजनको माग गरे। जिसस सुनसरीकी उपप्रमुख कृष्णकुमारी विश्वकर्माले सरकारले स्थानीय तहको अनुगमनको जिम्मेवारी समन्वय समितिलाई दिए पनि स्रोत साधन अभाव र स्थानीय तहलेसमेत नटेरको गुनासो गरिन्। जिसस पदाधिकारीहरूले प्रदेश सरकारले यस विषयमा स्पष्ट नीति तथा नियम बनाउनुपर्र्ने मागसमेत गरेका थिए।