इटहरी/ इटहरी चौक सँगै मुख्य हाईवेयमा अबैध रुपमा सञ्चालन भइरहेको तीनचक्के अटो रिक्सा, ( सिटी सफारी ) पुन सहमती तोड्दै हाईवेयमै गुड्न थालेको छ । सरोकारवाला निकायको हेलचेक्राईका कारण मुख्य हाईयेवमा प्रतिबन्ध लगाईएको सफारी पुन मुख्य हाईवेयमा गुड्न थालेका छन ।
प्रदेश एकको केन्द्रबिन्दु इटहरीमा सिटी सफारीका कारण कुरुप देखिन थालेको भन्दै करीब ५ महिना अगाडी हाईवेयमा प्रतिबन्ध लगाईएको सफारी अहिले पुन गुड्न थालेको हो । विभिन्न शहरहरुमा दर्ता भएको सफारी इटहरी केन्द्रित हुँदा इटहरीको हाईवे क्षेत्र अस्तव्यस्त हुन पुगेको छ । मुख्य सडकमा दुर्घटनाको पनि उच्च जोखिम हुन्छ । जथाभावी रोड क्रस गर्ने, ओभर टेक गर्ने गरेको भन्दै हाईवेयमा प्रतिबन्ध लगाईएको सफारी निर्वाहतरुपमा गुड्न थालेको पाईन्छ ।
रोडमा बढेको सवारीको संख्या र सानो सडकमा अहिले सफारी घाडो भईरहेको भए पनि नियमनकारी निकायको हेलचेक्राईले अहिले इटहरी पूर्ण रुपमा फेरी अस्तब्यस्त हुन थालेको इटहरीमा भेटिएका यात्रु संजिब रेग्मीले वताए । स्थानीय सरकारले नियम बनाउँने मात्र गरेको पाईयो कार्यन्वयन पक्षमा फितलो देखियो रेग्मीले भने । अहिले इटहरी आसपासका चौकमा सफारी आतंकनै बढेको वताउँदै उनले प्रशासनले नियम कार्यन्वयनको पाटोमा ध्यान दिनु पर्ने सुझाब दिए ।
इटहरी इनरुवा म्याजिक भेन चलाउँदै आएका झुम्काका याम वस्नेतले भने इटहरी सफारीकै कारण अस्तब्यस्त हुन पुगेको छ । ट्राफिक प्रहरी र उपमहानगरपालिकाका खेलाचीले अहिले इटहरी कुरुप हुदै गएको उनको तर्क छ । इटहरीको मुख्य चौक आसपास क्रस गर्ने धेरै समय लाग्ने गरेको उनको भनाई थियो । वेला वेला नियम बनाए पनि कार्यन्वयन भएको देखिदैन उनले भने ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीका एसपी राजकुमार लम्सालले मुख्य हाईवेयमा अबैध सफारी गुडीरहेको स्वीकार गरे । उनले भने उपमहानगरपालिकाले सफारी संख्या थपेको थपै थपै गर्छ हामी चाही कहिले सम्म नियन्त्रण गर्ने ? उनको प्रश्न थियो । उपमहानगरपालिकाले अबैध रुपमा रुट परमिट दिएको कारण समस्या भईरेको वताए । हामीले अबैध गर्नेहरुलाई कार्वार्ही गरीरहेकै छौ तर उपमहानगरपालिकाले थपीरहेका कारण हामीलाई समस्या भयो उनले भने ।
सफारी दर्ता गर्दा देखि सफारी चालकहरु यो रुडमा मात्र चलाउँछु भन्दै सहमती गरेर सफारीको पछाडी रुड लेखिएको भए पनि सफारी चालकहरुले उक्त नियम उल्घन गदै आएका छन । केहि महिना अगाडी ट्राफिक प्रहरीले हाईवेयमा मनपरी चल्दै आएको सफारीलाई रुड अनुसार चलाउँने प्रयास गरे सँगै सफारी चालकहरुले सडकको मुख्य चौकमा आन्दोलन गरेर प्रशासन विरुद्ध नाराबाजी गरेका थिए । त्यतीवेला चालकहरुले सरकारको कानुन विरुद्ध नाराबाजी गर्दा प्रहरी र सवारी चालक विच झडप भएको थियो । सफारी चालकहरुले मुख्य चौकमा सफारी राखेर सडकजाम गरे पछि भिड हटाउँन प्रहरीले ६ सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।