मधुमल्ला । संघिय संसदकी उप सभामुख डा. शिवमाया तुम्बाहम्फेले सार्वजनीक र सामाजिक जनसोरोकारका कार्यक्रमहरुलाई आफुले पहिलो प्रथामिकतामा राखी कार्य गर्ने बताउनु भएको छ । आज (सोमबार) मोरङको मधुमल्लामा मिक्लाजुङ गाउँपालिकाको आयोजानमा भएको स्वागत सम्मान कार्यक्रमा बोल्दै उप सभामुख तुम्बाहाम्फेले सो कुरा बताउनु भएको हो । आफुले कुनै पनि सार्वजनीक सरोकारका बिषयहरुलाई पहिलो प्राथमिकतामा राख्दै अघी बढने बताउनु भएको हो । स्थानीय, प्रदेश र केन्द्रको समेत निर्वाचन भई देशले नयाँ परिवर्तन तर्फ अघीबढिरहेको हुँदा केही सम्स्याहरु देखीए पनी बिस्तारै सहज हुँदै जाने कुरामा विस्वस्त पार्नु भयोे ।
कार्यक्रमा संघिय संसदकी उप सभामुख डा. शिवमाया तुम्बाहम्फे, मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद घिमीरे, र हालै सम्पन गाउँपालीका राष्ट्रि महाँसंघको दोस्रो अधिबेशन बाट केन्दिय सदस्यमा निर्वाचित मिक्लाजुङ गाउँपालिका वार्ड नं. ८ का वार्ड अध्यक्ष नगेन्द्र कार्की (नविन) लाई दोसल्ला तथा सम्मान पत्रले सम्मानीत गरिएको थियो । कार्यक्रमा राजनैतिक दलका मिक्लाजुङ प्रमुख तथा प्रतिनिधीहरु राप्रपा का भुपेन्द्र राज कार्की, नेकपा माआबादी केन्दका दिनेश पौडेल, नेपाली काग्रेसकी आरती बराल, नेकपा एमालेका नरेन्द्र प्रसाद ढुङ्गेलले स्वागन सम्मान साथै यस क्षेत्रका समस्याहरुको बारेमा मन्तव्य राख्नु भएको थियो । गा.पा. उपाध्यक्ष सरला राईले स्वागत मन्तव्य, र मिक्लाजुङ गाउँपालिकाका प्रशासकिय अधिकृत युवराज आचार्यले संचालन गर्नु भएको कार्यक्रममा गा.पा. अध्यक्ष देवी प्रसाद आचार्यको सभापतीत्वमा सम्पन्न भएको थियो ।