तरहरा/ गीत गाउने र नृत्य गर्ने फरक शैलीका कारण चर्चामा रहेकी गायिका ज्योती मगरले सोमवार इटहरीको पर्यटकिय क्षेत्र तालतलैया तताईन । इटहरीको पर्यटकिय क्षेत्रमा भईरहेको मिनि महोत्सबमा आएकी ज्योतीले आप्नाै आधा दर्जन गितहरु मार्फत यहाँको माहोल तताएकी हुन् ।

उनको गीतमा महोत्सवमा आएका दर्शकहरु झुमेका थिए । ‘जिम्मवाल बा की छोरी’ लगाएत आर्धा दर्जन बढि चर्चित गाीतहरु गाएकी मगरलाई हेर्न ठुलो सँख्यामा दर्शकहरु महोत्सवमा ओर्लिएका थियो । पहिरन शैलीका कारण सधैं चर्चामा रहने ज्योतीलाई नजिकबाट हेर्ने रहर पुरा भएको महोत्सवमा सहभागी एक दर्शकले बताए ।

करीब २ हजार दर्शक भएको महोत्सवमा सबै खाले उमेरको जमात थियो । इटहरीको पर्यटकिय क्षेत्र तालतलैयामा सुरु भएको मिनि महोत्सवमा सोमवार राती ज्योती मगर सँगै सयौ युवाजमात नाच्न भ्याए । वेला वेला इटहरीमा आउँने ज्यातीलाई इटहरीबासीले धेरै मन पराउँने गरेको विकास निमार्णकर्ताहरुको सञ्जाल तथा महोसत्व आयोजकका अध्यक्ष विशुधन राईले भने ।

केहि दिन देखि इटहरीमा ज्योती मगरलाई निशेध गर्ने विषयमा सामाजिक सञ्जालमा तिब्र विवाद भए पनि अन्तत ज्योती इटहरी आईन र सयौ युवालाई नचाईन । ज्योती मगरले अंग प्रर्दशन गरी सामाजिक सदभाव विगार्ने गरेको भन्दै उनलाई आउँन नदिने इटहरीको उपमेयर लक्ष्मी गौतमले वताएकी थिईन । त्यो सँगै पक्ष विपक्षको सामाजिक सञ्जालमा विवाद भएको थियो ।