पानवारी । धरान–६ पानवारीका कुमार कटवाल घास काट्न जंगल गएको बेला रुखबाट लडेर मृत्यु भएको छ । मंगलबार विहानै बाख्रालाई घाँस काट्न गएका कट्वाल घाँस काट्ने क्रममा रुखबाट लडेका थिए । लगत्तै उनलाई उपचारको लागी धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटोमा नै मृत्यु भएको आफन्तजनले जानकारी दिएका छन् । उनी २ महिना अघि मात्र वैदेशिक रोजगारीबाट फर्केका थिए । ४० वर्षिय कट्वालका श्रीमती २ छोरा र एक छोरी रहेका छन् । उनको शवलाई पाष्टमार्टमपछि मोरङको बुढीखोलामा अन्तिम संस्कार गरिएको जनाइएको छ ।
पानवारीका कटवाल रुखबाट लडेर मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































