काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले ठेक्कापट्टामा ‘मनी’ र ‘मसल’ प्रयोग गर्ने दिन सकिएको बताएका छन् । उनले सरकारले कानुन र बिधिअनुसार काम गरिरहेको भन्दै निर्माण व्यवसायीले पनि त्यसलाई मान्नुपर्ने बताएका छन् ।

व्यवसासीसाग मन्त्रालयले गरेको अन्तरक्रिया कार्यक्रममा महासेठले ठेकेदारको अनुहार हेरेर टेण्डर अवार्ड गर्ने अवस्था अब कायम नरहने बताए ।

‘हिजो के-के भए सबै बिर्सनुस् । अब हामी एक अर्काको परिपुरक भएर काम गर्ने हो,’ महासेठले भने,’भ्रष्टाचारको अन्त्य माथिल्लो तहबाटै कम गर्न सरकारले काम गर्छ । तपाईंहरु पनि आफूले जिम्मा लिएका कामलाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुस् ।’

भारत र चीनले नेपाल नबनाइदिने भन्दै महासेठले अब देशभित्रैको सीप, प्रविधि र जनशक्तिलाई उपयोग गरेर विकास आयोजनाको काम गर्नुपर्ने बताए ।

घअब राजनीतिक परिवर्तनका लागि लड्ने दिन छैन । अब विकास नै गर्ने हो,’ मन्त्री महासेठले भने,’अब तपाईं-हामी मिलेर काम गर्ने हो ।’

उनले निर्माण व्यवसायीले गर्ने काम गुणस्तरको हुनुपर्ने भन्दै त्यसका लागि राज्यले पुरा गर्नुपर्ने दायित्वमा आफू प्रतिवद्ध रहने बताए ।

‘सार्वजनिक खरिद ऐनमा समस्या छन् भने त्यसलाई सच्याउन हामी तयार नै छौं । त्यसका लागि गृहकार्य भइरहेको छ,’ उनले भने,’तर, तोकिएको समयमा काम सक्ने जिम्मेवारी पनि निर्माण व्यवसायीकै हो ।’

उनले व्यवसायीलाई सुरक्षाको प्रत्याभुति दिन सरकार तयार रहेको बताउादै कसैले मागेपनि चन्दा नदिन आग्रह गरे ।