काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणको विरुद्ध पार्टीका उपाध्यक्ष भीम रावलले कडा आलोचना गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उपाध्यक्ष रावलले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे टिप्पणी गरेपछि ओलीले रावलको भनाईप्रति आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्रीले आफू निकटका नेताहरुसँग आज साँझ छलफल गरेर उपाध्यक्ष रावलले भ्रमणबारे नकरात्मक कुरा गरेकोमा आपत्ति जनाएका थिए । उनले रावललाई यसबारेमा सोधिनेपनि तयारी गरेको स्रोतको दाबी छ ।
भारत भ्रमण पूर्ण रुपमा सफल र उपलब्धिमूलक भएको भनेर दाबी गरिएको बेला उपाध्यक्ष रावलले आज भ्रमणलाई लिएर केही प्रश्नहरु राखेका थिए ।