काठमाडौँ/ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले सरकारले यातायात क्षेत्रमा एकाधिकार हटाएकामा स्वागत गरेको छ ।

पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आज विज्ञप्ति जारी गरी यातायत क्षेत्र व्यवस्थित र प्रतिस्पर्धी बनाउन एकाधिकारको अन्त्यले सहयोग गर्ने जनाएको हो । उनले एकाधिकार हटेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने पनि उल्लेख गरेको छ ।

रासस