विराटनगर/ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाले र माओवादी पार्टी बिच हुने एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरागर्दै नेता खनालले दुबै पार्टी बिच समान्ताको आधारमा पार्टी एकता हुने बताए ।
नेता खनालले एमाले र माओवादी पार्टी एकवद्ध हुने कुरालाई अव यो धर्तीको कुनैपनि तागतले रोक्ने नसक्ने ठोकुवा गरे । ‘पार्टी एकीकरणको अन्तिम तयारीमा,’ उनले भने, ‘समान्तताको आधारमा पार्टी एकीकरण हुन्छ ।’ उनले वैशाख ९ या १८ मा अब पार्टी एकीकरण हुने जानकारी दिए । उनले माओवादी पार्टीका अध्यक्ष प्रचण्डले ५०÷५० को हिस्सा आफुलाई चाहिने भन्ने कुरा आफुलाई जानकारी समेत नभएको बताए ।
नेता खनालले पार्टी एकीकरणका लागि राजनैतिक प्रतिवेदन र संगठन सम्वन्धी अन्तिरिम विधानपनि तयार भईसकेको जानकारी दिए । यी दुवै प्रतिवेदन र विधानमा केही साना तिना समस्या भएको खण्डमा भने वैठक वसेर टुङ्ग्याउन सकिने उनले बताए ।
राजनैतिक प्रतिवेदनमा जनयुद्धको विषयमा समावेश गर्ने भन्ने माओवादीको अडानप्रति लक्षित गदै नेता खनालले भने, ‘१० वर्ष जनयुद्ध गरेकै हो । यसमा के भन्न पर्छ र यसको राजनितमा भुमिका छ ।’
नेता खनाल विराटनगरमा शनिवार एक होटलको उद्घाटन कार्यक्रममा सहभागी हुन आएका हुन् । उनलाई स्वागत गर्न १ नं प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई विराटनगर विमानस्थल पुगेका थिए ।