तरहरा/ अमेरिकाको क्यालीफोनियामा रहेको भएपनि दक्षिण एशियामा समेत मानविय सेवाका क्षेत्रमा योगदान गर्दै आएको कैलाश मेडिकल फाउण्डेशन र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक फोर सी थ्रि को संयुक्त आयोजनामा सुनसरीको इटहरीमा आइतवारबाट तीन दिने नि शुल्क स्वास्थ्य शिविर सुरु भएको छ ।
सिमान्तकृत , गरिव तथा विपन्न वर्गका सर्बसाधरणहरुलाई स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले इटहरी ८ गौसारको सरस्वती सतन मा,विमा भएको निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो ।
इटहरीका समाजसेवी विमल पौडेलको संयोजकत्वमा सुरु भएको निशुल्क स्वास्थ्य शिविरको कैलाश मेडिकल फाउण्डेशनका चेयर मेन डाक्टर योगेश भक्तले उद्घाट गरेसंगै विरामीहरुको स्वास्थ्य परिक्षण सुरु भएको थियो । शिविर मगलवार सम्म चल्ने छ ।
निःशुल्क स्वाथ्य शिविरमा अमेरिकाको क्यालिफोनियामा रहेको कैलाश मेडिकल फाउण्डेशनका चेयर मेन डाक्टर योगेश भक्तको नेतृत्वको ११ सदसीय अमेरिकन चिकित्सक तथा प्राविधिकहरुको टोली तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानका फिजिसियन तथा ,दन्त रोग विशेषज्ञहरुले सेवा दिई रहेको शिविरका प्रचारप्रसार संयोजक पत्रकार सचिन पोखरेलले जनाए ।
उनले भने इटहरी वासीको लागी यो शिविर अवसर हो ।