काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओली सत्तँरुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट बनेका छन् ।
प्रचण्डले माओवादी केन्द्रका नेताहरुसँग सरकारको कामकारबाहीबारे प्रश्नचिन्ह उठाएको भन्दै ओलीले यस्तो रुष्टता पोखेका हुन् । स्रोतले दिएको जानकारी ओलीले आफू निकटका नेताहरुसँग प्रचण्डले सरकारप्रति सार्वजनिक र आफ्नो पार्टीको कार्यक्रममा गरेको टिप्पणीबारे आज गुनासो गरेका छन् ।
ओलीले प्रचण्ड र माओवादी मन्त्रीहरुको व्यवहारका कारण मन्त्रालयमा राम्रो काम गर्ने वातावरण नबनेको गुनासो समेत पोख्न भ्याए । उनले भनेका थिए,‘यो त प्रधानमन्त्रीय प्रणाली हो, राम्रोसँग काम गर्न पाउनुपर्यो।’
यता सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले पत्रकार ऋषि धमलासँगको कुराकानीमा आज भनेका छन्,‘प्रधानमन्त्रीज्यूको आलोचना गर्नुहुँदैन्, उनको कार्यशेली उत्कृष्ट छ । कसैले आलोचना गर्ने ठाउँ छैन् ।