काठमाडौं । हत्या अभियोग लागेका दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं स्वयम्भूको तीन धाराबाट बिहीबार साढे ७ बजे प्रहरीले पक्राउ गरेको हो । प्रदेश ४ को प्रदेशसभा सदस्यमा मनाङ ख बाट स्वतन्त्र सांसद निर्वा्चित भएका मनाङेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । मनाङेलाई परिसरको टोलिले बिहीबार पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए । उनलाई पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैदको फैसला सुनाएको थियो । गुन्डा नाइकेका रुपमा परिचित उनी यसअघि पनि पक्राउ परेका थिए ।
स्वयम्भूबाट गुन्डा नाइके दीपक मनाङे पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































