विराटनगर/ १ नम्बर प्रदेशसभा संसदमा गाउँसभा र नगरसभा संचालन कार्यविधि (विधेयक) २०७४ पेश भएको छ ।

शुक्रबार बसेको संसद बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले गाउँसभा र नगरसभा संचालनका लागि बनेको कार्यविधि विधेयक संसदमा पेश गरेका हुन् ।

संसदमा पेश भएको उक्त विधेयकमाथि सामान्य छलफल भएको थियो । यस विधेयकमा संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिइएको छ ।