काठमाडौं/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सिन्धुलीमा वेश क्याम्प नै राखेर सैन्य तालिम लिएको नेपाल प्रहरीले पुष्टि गरेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालीकामा बेसक्याम्प स्थापन गरी पूर्वी कमाण्ड राखेको प्रहरीले सुराक पाएको जनाईएको छ । सो ठाँउमा वैशाख ५ गते तालिम सम्पन्न गरेको जानकारी पाएपछि अनुसन्धान थालिएको सिन्धुली प्रहरीले जनाएको छ । प्रहरीले पत्रकार सम्मेलन गरी यसबारे जनाकारी दिएको छ । सम्मेलनमा दुई कार्यकर्तालाई बम बनाउने सामग्रीसहित पक्राउ गरिएको सिन्धुलीका प्रहरीका नायव उपरिक्षक विनोद शर्माले जानकारी दिएका छन् ।