काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको निवास परिसरमा बम विस्फोट भएको छ ।
धापाखेलस्थित निवासलाई लक्षित गराएर भएको विस्फोटबाट झ्यालका सिसाहरु फुटेका छन् । कमाउण्ड पर्खालमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।
विस्फोट कसले गरायो भन्ने खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।