धनकुटा/ धनकुटा नगरपालिकाकाप्रमुखचिन्तनतामाङले मान्छे जन्मिए पछि एक दिन मर्नै पर्छ, बाँचुञ्जेल जीवन र जगतसंग सधैं हाँसीखुशिसंग रमाएर जीउन धनकुटा नगर क्षेत्रका जेष्ठ नागरिकहरुलाई अनुरोध गरेका छन् ।
प्रमुखतामाङले जेष्ठ नागरिक संघ नगर समिति, धनकुटाको प्रथमनगर अधिवेशनको आईतवार समुद्धघाटन गर्दै जीवन र जगत देखीदुखीमान्नहुँदैन, आखीरी वुढा हुनै पर्छ, वुढी हुनै पर्छ, वाँचुञ्जेल हाँसीखुशि रमाउनभन्दै सम्पुर्ण नगरवासी जेष्ठ नागरिकहरुलाई यसरी आग्रह गरेका हुन । तामाङले भने “श्रीमान,श्रीमतीजोडी हुञ्जेल ठिकै होला, जवएकलहोइन्छ, त्यस पछि जेष्ठ नागरिक संघमा हैन, अव जेष्ठ नागरिक क्लवबनाउनु पर्छ र संगठित हुनु पर्छ, म पनितपाईहरु कै उमेर भए पछि आउँछु ।” यसरी नगर प्रमुखको विचार सुनेपछि सहभागी जेष्ठनागरिकहरुले गडगडाहट तालिले स्वागत गरेका थिए ।
मान्छे जीवनको उत्तरार्ध तर्फ लागीसके पछि आर्थिक श्रोत आर्जन नहुने भएकाले धनकुटा नगर क्षेत्रको जेष्ठ नागरिकको हितको लागी योजनावद्ध ढंगले कार्यक्रमवनाएर सहयोगगर्ने प्रमखतामाङले प्रतिवद्धता समेत जनाएका छन् । उनले धनकुटा नगरपालिकामा जेष्ठ नागरिक संघ है भन्ने अनुभुती सवैलाई हुने खालको कार्यक्रम जेष्ठ नागरिकहरु माझल्याउने दावी समेत गरेका छन् । साथै, उनले जेष्ठ नागरिकसंग भएको विशेष गरेर भाषिकएवं साँस्कृति साथै प्राविधिक ज्ञान सिपलाई नयाँ पुस्तामा हस्तान्तरण हुने खाल्को कार्यक्रममागर्नु पर्नेमाजोड दिएका छन् ।
नगर प्रमुखतामाङको प्रमुखआतिथ्यमा सम्पन्नप्रथमनगर अधिवेशनले टिका प्रसाद घिमिरेको अध्यक्षतमा १५ सदस्यीय जेष्ठ नागरिक धनकुटा नगर समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमाबलवहादुर अधिकारी, सचिवमा पृथसिंह दाहाल, कोषाध्यक्षमा सरोज जोशि र सह–सचिवमापार्वतीश्रेष्ठलाई सर्वसम्वत चयन गरिएको छ ।
त्यसैगरी समितिको सदस्यहरुमागोमा परियार, अभयकृष्ण जोशि, इन्दिरा सुवेदी, बलवहादुर श्रेष्ठ, इन्द्रवहादुर थापा, रामराजतामाङ, इश्वरी श्रेष्ठ, वासमाया राई र गजेन्द्र बास्तोलाई चयन गरिएको छ । अधिवेशनले सत्य नारयण श्रेष्ठको संयोजकत्वमातिन सदस्यीय सल्लाहकार समिति समेत, चयन गरिएको छ । सल्लहाकार समितिको सदस्यहरुमा हरि प्रसाद घिमिरे र महानन्दकपोखरेल रहेका छन् । सो अवसरमा जेष्ठ नागरिकहरुले “प्रभु विना मेरो छैन शाहारा”भन्ने वोलकाभजनकृतन समेत गरेका थिए ।
जेष्ठ नागरिक जिल्ला संघ, धनकुटाका अध्यक्ष रामवहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्नप्रथमनगर अधिवेशनको समुद्धघाटन सत्रमानागरिक समाजका धनकुटा अध्यक्षद्रोर्ण प्रसाद गुरागाँई, विश्रान्तीमन्दिर व्यावस्थापन समितिकाउपाध्यक्षशंकर दाहाल, सचिवजनार्दन घिमिरे, गर्गचार्य विश्वभाषा पुस्ताकालयका संरक्षक टिका प्रसाद लामछिाने लगायतले जस्को छोरा छोरी छ, उनीहरुले आफ्ना वृद्ध भएकाआमा, वुबालाई वृद्धाआश्रममा राख्ननपाउने भन्दै अधिवेशनको सफलताको लागीशुभकामनाव्यक्त गरेका थिए । कार्यक्रमको संचालन जेष्ठ नागरिक जिल्ला संघ धनकुटाका सचिवएवं प्रदेश नं.१ कार्य समिति सदस्य कृष्ण भागवतश्रेष्ठले गरेका थिए ।