मधुमल्ला । मोरङको मिक्लाजुङ वडा नं. ५ स्थित सोल्टी खोलाको पुलको शिलान्यास भएको छ । मंगलबार प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पुलको शिलान्यास गरेका हुन् ।
मन्त्री आङ्बोले जनताको अधिकार सिंहदरवारबाट गाउँगाउँमा आएको र त्यसलाई सही सदुप्रयोग गर्नु पर्नेमा जोड दिए । जनताको हितमा रहेर विकास निर्माणजस्ता कार्यलाई प्राथमिकता साथ अगाडी बढाउन मन्त्री आङ्बोले जनप्रतिनिधिहरुलाई आग्रह गरे । कार्यक्रममा प्रदेश सांसद कुशल लिम्बू, उपेन्द्र घिमिरे, मिक्लाजुङ गाउँपालिका अध्यक्ष देबीप्रसाद आचार्यलगायतले बोलेका थिए ।
१ करोड ७७ लाख रुपैयाँ बजेटमा निर्माण गरिने उक्त पुलका लागि मिक्लाजुङ गाउँपालिका र उपभोक्ताबाट ७७ लाख संकलन गरिएको उपभोक्ता समितिका सचिब शंकर बजगाईले जानकारी दिए । १ करोड रकम प्रदेश सरकारलगायतमा माग गरिएको उनले बताएका छन् । उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले ७ सय परिवार पुल नबन्दा प्रभावित बन्ने गरेको बताए ।
सोल्टी र मुगु खोलाको बीचमा पर्ने आधा दर्जन गाउँहरु बर्षातको समयमा प्रभावित बन्ने गरेको उनको भनाई छ । बर्षेनी खोलाले जनधनको क्षति पु¥याउँदै आएको उनले जानकारी दिए । वडा नं. ५ का वडाध्यक्ष अनिल लिङ्देनले समृद्ध बडा बनाउन अभियानमा पुल निर्माण पश्चात सहयोग पुग्ने बताए ।