तेह्रथुम । घुम्न आउने समूहले टिपेर लैजान थालेपछि गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा जिल्ला वन कार्यालयले गुराँस टिप्न प्रतिबन्ध लगाएको छ । यो क्षेत्रमा २८ प्रजातिको गुराँस फुलिरहेका छन् ।
फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को वर्षसमेत असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी प्रतिबन्ध लगाएको हो । सूचनालाई बेवास्ता गरी कसैले गुराँस टिप्ने र हाँगा भाँच्ने काम गरे जंगलमै कारबाही गरिने वन अधिकृत देवीचन्द्र पोखरेलले बताए ।