पानवारी  । धरान उप–महानगरपालिका वडा न.७ ले ‘लिला श्रेष्ठ सुब्बा सुरक्षित मातृत्व कार्यक्रम’ ल्याएर गर्भवती महिलाका लागी पोषण भत्ता वितरण कार्यक्रम गरेको छ ।

आइतबार एक कार्यक्रम आयोजना गरी वडाका ११ जना गर्भवती महिलाहरुलाई १५÷१५ सयको दरले भत्ता वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका मेयर तारा सुब्बाले उनीहरुलाई भत्ता वितरण गरेका हुन् । मेयर तारा सुब्बाले भत्ता वितरण गर्दै स्व.लिला श्रेष्ठ सुब्बा धरान नगरको एक स्मरण योग्य व्यक्तित्व भएको बताए । उनले भने –‘उहाँ एक इमान्दार असल नेता हुनुहुन्थ्यो । धरानबाट २०५१ सालमा प्रतिनिधि सभामा विजयी भएर दक्षिण एसियाकै पहिलो महिला उपमभामुख बन्न सफल हुनुभएको, उहाँको जस्तो महान् इतिहास हामी धराने नेताहरुको बन्न सकेको छैन् ।’ ‘यसकारण हामी धरानका जनताहरु उहाँप्रति अत्यन्तै धेरै सम्मान गर्दछौं ।

धरान वडा न.७ ले सुरक्षित मातृत्व कार्यक्रम अन्र्तगत गर्भवती महिला दिदि बहिनीहरुलाई पोषणभत्ता वितरण कार्यक्रमको प्रशंसा सहभागीहरुले गरेका थिए । मेयर सुब्बाले धरान उपमहानगरपालिकाले स्व.लिला श्रेष्ठ सुब्बा प्रति महिला दिदि वहिनीहरुको सामाजिक सुरक्षा सम्बन्धि कार्यक्रम जोडेर सम्मान व्यक्त गर्ने योजना रहेको बताए । कार्यक्रममा कार्यवाहक अध्यक्ष जीवनराज सुवेदीले वडामा यो कार्यक्रम पहिलो भएकोले यही कार्यक्रमलाई आगामि वर्षदेखि अझ व्यवस्थित एंव नियमित गर्दै जाने बताए ।