बाँके/ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङले कानुन कार्यान्वयनको दौरानमा कसैले हातहतियार सहित बाधा पुर्याए इन्काउन्टर हुने बताएका छन् ।
बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संवेदनशील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्ने कार्य जिल्ला प्रहरी कार्यालय बाँकेको प्राथमिताको प्रथम सूचीमा रहेको बताए ।
छिमेकी देश भारतसँग जोडिएको नाका क्षेत्र समेत भएकाले नाकासँग सम्बन्धित अन्तरदेशिय अपराधका नियन्त्रण, लागू औषध ओसार-प्रसार, चन्दा तथा फिरौति, गुण्डा गर्दी एवं संगठित अपराध निर्मूल गर्नका लागि प्रहरी सक्रिय रहेको तामाङको भनाई छ ।
एक अर्को प्रसंगमा तामाङले नेपाल सरकारको २० बर्षे सवारी साधनहरु विस्थापन गर्ने नीतिअनुरप हालसम्म ३ वटा सवारी साधनहरुलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको जानकारी दिए ।
सरकारको सिण्डिकेट बिरुद्धको नीतिलाई कार्यान्वयन गर्ने सवालमा शनिबार सम्म ४ जना यातायात व्यवसायीहरु सहित ३ जना कर्मचारी गरि जम्मा ७ जनालाई अत्यावश्यक सेवा संचालन ऐन २०१४ बमोजिम कारवाही लागि प्रहरी नियन्त्रणमा लिएको पनि उनने बताए ।
दैनिक नेपालबाट