तेह्रथुम/तेह्रथुम जिल्ला अस्पतालमा तीन दिन अघि सुत्केरी गराउन आएकी म्याङलुङ नगरपालिका ८ बस्ने ३५ वर्षिय रत्न मगरको सोमबार राती अस्पतालमै मृत्य भएको छ ।
[caption id="attachment_82137" align="aligncenter" width="4496"] तनावग्रस्त अस्पताल[/caption]सुत्केरी व्यथा लागेर तीन दिन अघि जिल्ला अस्पताल आएकी रत्न मगरको उपचारको अभावमा मृत्यु भएको परिवारले आरोप लगाएका छन् । जिल्ला अस्पतालमा उपचारका लागि तीन दिन अघि ल्याएको रत्नको डाक्टरको लापरबाहीले मृत्यु भएको उनका श्रीमान टेकवहादुर मगरले बताए । डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले मंगलवार दिउसो सम्म लास समेत उठाएका छैनन् । लास बेडमै राखिएको छ । आफन्तहरुले जिल्ला अस्पतालमा नाराजुलुस गरिरहेका छन् । मृतक मगरकाे मृत्युको कारण छानविन गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने, दोषी चिकित्सकलाई कारबाही गरिने भएपछि मात्र लास उठाउने श्रीमान मगरले बताए । उपचार गर्दा गर्दै रत्नमायाको मृत्यु भएको र अस्पतालको दोष नभएकाे अस्पताल प्रशासनले जनाएको छ । भिडलाई सम्वोधन गर्दै म्याङलुङ्ग नगरपालिकाका प्रमुख संजय तुम्वाहाम्फेले घटनाप्रति ध्यानाकर्षण भएको जनाउदै पिडित पक्षलाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए । उपस्थित महनुभावहरुलाई धैर्यधारण गर्न पनि मेयर तुम्वाहाम्फेले अनुरोध गरेका छन् ।