पानवारी / कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पाटीको धरान उपमहानगर समिति गठन भएको छ । सोमबार राप्रपा सुनसरी क्षेत्र नं. १ अध्यक्ष सुमित मोक्तानको अध्यक्षतामा भएको कार्यकर्ताहरुको भेलाले सर्व सम्मत रुपमा धरान उपमहानगर समिति गठन गरेको हो । राप्रपा केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठको उपस्थितमा भएको भेलाले नगर अध्यक्षमा नविन पराजुलीलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षद्वयमा रुकेश राई र धनकुमारी लिम्बू, सचिवमा सुरेश श्रेष्ठ, सह–सचिवमा इरफान अहमद र कोषाध्यक्षमा प्रज्वल अग्रवाललाई चयन गरेको हो । २३ सदस्यीय समितिको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, विरबहादुर बस्नेत, राम लिम्बू, सन्दिप अग्रवाल, विपिन ताम्राकार, विवेश सोनी, दिनेश शाक्य, नमुना श्रेष्ठ, खगेन्द्र श्रेष्ठ, सन्तोष बुढाथोकी लगायतलाई चयन गरेको छ । राप्रपाको क्षेत्रीय भेलाले राप्रपा जिल्ला अध्यक्ष डम्बर घिमिरेले पार्टीको कार्य समितिमा निर्णय नगराई मनोमानी ढंगले पार्टी चलाउन खोजेको र पार्टीको नीति तथा धार भन्दा बाहिर गएर काम गरेको भन्दै खेद प्रस्ताव समेत पारित गरेको क्षेत्रीय अध्यक्ष सुमित मोक्तानले जानकारी दिएका छन् ।