विजयपुर/ धरान–८ र १९ जोड्ने धनकुटे रोडको पुल अाजदेखि सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले धनकुटे रोडको पुल बुधबार एक कार्यक्रम गरी उद्घाटन गरेका हुन् ।

मेयर सुब्बाले विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेशका लागी मुख्य सडककाे पुल भत्किएपिछ अावतजावतमा सबैलार्इ समस्या भएकाे भन्दै तत्काल पूल निर्माण कार्य गर्न निर्माण व्यवसायीहरूलार्इ अाग्रह गरेका थिए । मेयरकाे अाग्रह पश्चात स्थानिय निर्माण ब्यबासायी गोपाल श्रेष्ठले अाफ्नै लगानीमा पुलकाे निर्माण गरेका हुन् भने उनलार्इ पुलकाे बजेट निकासाकाे लागी सम्बन्धित निकायमा पहल गरिने बताएका छन् ।

धरान–८ र १९ जोड्ने धनकुटे रोडको पुल २०७२ असोज ८ गते साँझ करिव सवा ८ बजे भत्किएको थियो ।

सडक डिभिजन कार्यालय विराटनगरले २०७३ जेठमा १८ महिना भित्र निर्माण कार्य सक्ने गरी धरानकै श्याम कन्ट्रक्सन निर्माण सेवालाई ठेक्का दिएको थियो । तर, निर्माणको जिम्मा पाएको श्याम कन्ट्रक्सनले बिचमै काम छाडेपछि पुल निर्मांण अलपत्र परेको थियो ।

१ करोड ३ लाखमा ठेक्का लागेको पुलको करिब ७७ लाख रुपैया लिएर ठेकेदार फरार भएपछि पुल निर्माणकार्य रोकिएको थियो । स्थानीय तहको निर्वाचनपछि मेयर तारा सुब्बा स्थानिय निर्माण ब्यबसायी गोपाल श्रेष्ठ र गणेश गुरुङलाई पुल निर्माण गर्न निर्देशन दिएका थिए ।

पुल निर्मण गर्न मेयर सुब्बाले नै डिभिजन सडक कार्यालय बिराटनगर र स्थानीय निर्माण ब्यबसायीसँग समन्वय गरेका थिए ।‘यो पुल निर्माण गर्ने जिम्मेवारी लिएको डिभिजन सडक कार्यालयले चासो नदेखाएपछि आफुले नै पहल गरेको बताए ।

स्थानिय निर्माण ब्यबसायी गोपाल श्रेष्ठले मेयरको निर्देशन अनुसार नै आफुहरुले काम गरेको बताए । पुल निर्माणमा हाम्रो करिब ८० लाख रुपैया खर्च भई सकेको छ, त्यो खर्च कहाँबाट फिर्ता हुन्छ भन्ने अन्योलता रहेको उनले बताए । पुल सञ्चालनमा अाएपछि विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी अाउने बिरामी तथा स्थानीयलार्इ सुविधा भएकाे छ ।