धरान/झापा, उदयपुर र धनुषामा हावाहुरीका कारण ६५ वर्षीया आइतीमायासहित ३ जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पनि हावाहुरीले घर भत्केर ५८ वर्षीय दुसीदास आत्माको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका १ कालीखोलाकी ६५ वर्षीया आइतीमाया माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  बुधबार बिहान आएको हावाहुरीले माझीको घर भत्केको थियो।

त्यसैगरी,  त्यस्तै, झापाको कचनकवल गाउँपालिका ७ बालुवाडीमा हावाहुरीका कारण बिजुलीको तार चुडिएर करेन्ट लागि स्थानीय ६१ वर्षीया हर्कमाया लिम्बु मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हावाहुरीका कारण उक्त क्षेत्रको जनजीवन प्रभावित भइरहेको प्रहरीले जनाएको छ।