विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका अभियुक्तको बयान सकिएसँगै बिहीबारदेखी सुरु हुने थुनछेक बहसमा सरकारकोतर्फबाट आठ जना सरकारी वकिलले बहस गर्ने भएका छन् ।
जिल्ला अदालत मोरङको इजालमा सुरु हुने बहसमा ३० जना प्रतिबादीहरुको तर्फबाट ४३ जना वकिलले वकालतनामा मंगलबार बुझाएका छन् । बहस सुरु हुनभन्दा अगाडीसम्म अदालतमा वकालतनामा दर्ता गर्न पाउनेछन् । प्रतिबादीकोतर्फबाट बहस गर्न कानुन व्यवसायीहरु काठमाण्डौदेखी विराटनगरमा बुधबार आइपुगेको बताइएको छ ।
प्रतिबादीको तर्फबाट बहस गर्ने कानुन व्यवसायी सबैभन्दा बढी मोरङको रहेका छन् । बहुचर्चित सुनकाण्डमा बहस गर्न काठमाण्डौसँगै मोरङ, झापा सुनसरीबाट समेत कानुन व्यवसायीहरु आएको अधिवक्ता खगेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
सुन तस्करी र शनम शाक्य हत्याकण्डमा बहस गर्न सरकारी वकिलको तर्फबाट २ सहन्यायाधीवक्ता २ उपन्यायाधीवक्ता, २ जिल्ला न्यायाधीवक्ता र २ जना सहायक जिल्ला न्यायाधीवक्ताको टिम बनेको सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्याधिवत्ता पुण्यप्रसाद पाठकले जानकारी दिए ।
बहसमा सहन्यायाधीवक्ता गोपाल रिजाल, चिरन्जीवी पराजुली, उपन्यायाधीवक्ता हिमालय त्रिताल, मनोज आचार्य, जिल्ला न्यायाधिवकेता पुण्य प्रसाद सापकोटा, पुण्यप्रसाद पाठक, सहायक जिल्ला न्यायाधीवक्ता रोहित पोखरेल र पदम वस्तीले सरकारको तर्फबाट बहस गर्ने छन् ।
अभियुक्त तुलाराम थारूका तर्फबाट बहस गर्न लागेका अधिवक्ता भरतबहादुर थापाका अनुसार अहिलेसम्म वकालत नामा गर्नेहरु ५ वरिष्ठ अधिवक्ता र अरु अधिवक्ता छन् ।
वरिष्ठ अधिवक्ताहरू मोरङका रमेश कोइराला, हिक्मत पौडेल, विपुलेन्द्र चक्रवर्ती, सुरेशलाल श्रेष्ठ, राजेन्द्र भट्टराईले अभियुक्तका पक्षबाट बहस गर्न वकालतनामा गरेका छन् ।
त्यस्तै अधिवक्ताहरू देवीबहादुर घिमिरे, हेमराज पन्त, विकास थापा, देवेन्द्र कोइराला, नारायण वस्ती, रामप्रसाद भण्डारी, शान्तिराम भण्डारी, रूपेश कोइराला, दीपक खतिवडा, यमबहादुर मगर, लक्ष्मण न्यौपाने, मधुसुधन चौधरी, भक्ति माझी, विश्वराम भट्टराई, रेखा थापा, कविता बस्नेत, पुष्करचन्द्र घिमिरे, खगेन्द्रबहादुर श्रेष्ठ, डिल्लीबहादुर कार्की, डिल्लीराम घिमिरे, अशोक पोखरेल, मोहन कोइराला, टंक उप्रेती, काठमाण्डौबाट आएकी रमिता महर्जन लगायत ३० जना अभियुक्तको तर्फबाट बहस गर्नेछन् ।
गएको बिहीबारदेखी मोरङ जिल्ला अदालतको ६ नम्बर इजालमा जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोबरमा भएको बयान पाँच दिन लगाएर न्यायिक इरासतमा रहका ३० जना अभियुक्तहरुको बयान सकिएको थियो ।